अध्यक्ष ओलीकाे निर्देशन: हरेक वडामा ५१ प्रतिशत मत आउने गरी काम गर्नुस्

पाेखरा | कात्तिक १३, २०८०

अध्यक्ष ओलीकाे निर्देशन: हरेक वडामा ५१ प्रतिशत मत आउने गरी काम गर्नुस्

पोखरा:   नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०८४ को निर्वाचनमा हरेक वडामा एमालेको ५१ प्रतिशत मत ल्याउने गरी काम गर्न नवनिर्वाचित गण्डकी प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । 


नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटिको शपथ ग्रहण कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।


उनले एमालेको सरकार निर्माण गर्न स्वच्छ र निष्पक्ष ढङ्गले चुनाव जित्न हरेक वडामा एमालेको ५१ प्रतिशत मत ल्याउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।

 

 


‘हामीले बुट कब्जा गरेर चुनाव जित्दैनौ, जनताको मन जितेर चुनाव जित्ने हो’, अध्यक्ष ओलीले भने, ‘२०८४ को चुनावमा हरेक वडामा एमालेको ५१ प्रतिशत मत आउने गरी काम गर्नुहोला ।’


उनले मिसन ०८४ मा एमालेको बहुमतसहित सरकार बनाउन कार्यकर्ता, नेताले इमान्दार भएर काम गरे सम्भव भएको उल्लेख गरे ।


‘हामी चुनाव जित्न नेता कार्यकर्ता इमान्दार हुनुपर्छ, चुनाव जित्नका लागि एकता चाहिन्छ’, उनले भने, ‘जनताको मन जित्न अनुशासित, इमान्दार र सक्रिय भएर लागे मात्र हामी सफल हुन्छौ ।’


अध्यक्ष ओलीले कम्युनिष्ट एकता नचाहेकाहरुले दुईतिहाइको सरकार ढालेर कांग्रेसको करेसाबारीमा बास मागेको समेत आरोप लगाएका छन् । 


उनले दुईतिहाइको सरकार ढालेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपाको दुईतिहाईको सरकार ढालेको आरोप लगाएका थिए ।
 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्